नियम ९६
अदालत व्यवस्थापन समिति
(१) अदालतमा रहेका मुद्दा मामिला, इजलास, अभिलेख, सूचना, भौतिक तथा बित्तीय स्रोत जस्ता विषयहरूमा आवश्यक अध्ययन गरी व्यवस्थापन गर्न देहायबमोजिमको अदालत व्यवस्थापन समिति रहनेछ:- (क) प्रमुख भै काम गर्ने न्यायाधीश -अध्यक्ष (ख) एकभन्दा बढी न्यायाधीश भएका अदालतमा रहेका अन्य न्यायाधीश -सदस्य (ग) जिल्ला सरकारी वकिल कार्यालयको जिल्ला न्यायाधीवक्ता -सदस्य (घ) तहसिलदार -सदस्य (ङ) स्रेस्तेदार -सदस्य-सचिव (२) उपनियम (१) बमोजिमको समितिको बैठकमा सम्बन्धित अदालतको बार इकाईको अध्यक्षलाई आमन्त्रण गर्न सकिनेछ । (३) उपनियम (१) बमोजिमको समितिको बैठकसम्बन्धी अन्य व्यवस्था समिति आफैँलेनिर्धारण गरेबमोजिम हुनेछ । १९ ६क. पेसी व्यवस्थापन समितिः (१) अदालतमा गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन गर्न देहाय बमोजिमको एक पेसी व्यवस्थापन समिति रहनेछः- (क) प्रमुख भई काम गर्ने न्यायाधीश - अध्यक्ष (ख) वरिष्ठतम दुईजना न्यायाधीश - सदस्य तर दुईजना न्यायाधीश रहेको अदालतको हकमा खण्ड (ख) बमोजिमको सदस्यमा एकजना न्यायाधीश मात्र सदस्य रहनेछ। % दोस्रो संशोधनद्वारा थप। कछ (२) कुनै कारणवस प्रमुख भई काम गर्ने न्यायाधीश वा अन्य न्यायाधीशमध्ये कुनै वा दुवैजना अनुपस्थित रहेमा सो अवधिको लागि त्यसपछिको वरिष्ठ न्यायाधीशले पेसी व्यवस्थापन समितिको अध्यक्ष वा सदस्य भई काम गर्नेछ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एकजना मात्र न्यायाधीश रहेको अदालतमा वा एक जना भन्दा बढी न्यायाधीश भए पनि एक जना मात्र अदालतमा उपस्थित रहेको अवस्थामा त्यस्तो न्यायाधीशले पेशी व्यवस्थापन समितिको कार्य गर्न सक्नेछ।
(४) स्रेस्तेदारले पेसी व्यवस्थापन समितिको सचिवको रुपमा काम गर्नेछ।
(५) पेसी व्यवस्थापन समितिको बैठक आवश्यकता अनुसार बस्नेछ।
(६) पेसी व्यवस्थापन समितिको बैठक तथा निर्णयसम्बन्धी कार्यविधि सो समिति आफैँले निर्धारण गरेबमोजिम हुनेछ।
(७) पेसी व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः-
क मुद्दा पेसी चढाउन निश्चित मापदण्ड बनाउने ख पेसी व्यवस्थापनलाई पारदर्शी र विश्वसनीय बनाउन आवश्यक कार्य गर्ने ग पेसी व्यवस्थापनका सम्बन्धमा निर्धारित मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन गर्ने घ सर्वोच्च अदालतले बनाएको पेसी व्यवस्थापन सम्बन्धी निर्देशिका बमोजिम पेसी व्यवस्थापन गर्ने गराउने ङ सर्वोच्च अदालतले बनाएको पेसी व्यवस्थापन सम्बन्धी निर्देशिकाको कार्यान्वयनमा कुनै द्विविधा उत्पन्न भएमा आवश्यक निकासा दिने च पेसी व्यवस्थापनका सम्बन्धमा स्रेस्तेदारलाई आवश्यक निकासा दिने।